२ आश्विन २०८१, बुधबार | September 19, 2024

एसिया कप : भारत र पाकिस्तानबीचकाे खेलका लागि ‘रिजर्भ डे’ राखियाे



काठमाडौँ- एसीसी एसिया कपको सुपर फोरअन्तर्गत आइतबार हुने भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भए अर्को दिन खेलाइने भएको छ ।

यसअघि सेप्टेम्बर १७ मा हुने भनिएको फाइनल खेलका लागि मात्र ‘रिजर्भ डे’ रहेको क्रिकइन्फोले जनाएको छ ।

समूह चरणमा भने श्रीलंकामा खेलाइएको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

यसैबीच, नेपालविरुद्धको खेल गुमाएका जसप्रित बुमराह आफ्नो पहिलो सन्तानको जन्मोत्सव मनाएर भारत र पाकिस्तानबीचको खेलका लागि भारतीय टोलीमा पुन: फर्किएका छन् ।

सुपर फोरको पहिलो खेलमा भने पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ३ : २४ बजे