२ आश्विन २०८१, बुधबार | September 19, 2024

तिज नजिकिए संगै सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको?



नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १ सय ९६ रुपैयाँ कायम रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ११ : ५३ बजे