४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

टी-२० विश्वकप छनोट: नेपाल र ओमान एकै समूहमा, नेपालका सबै खेल टियू मैदानमा



काठमाडौं- नेपालमा आगामी कार्तिकमा हुने टी-२० विश्वकप छनोटको ‘ड्र’ सार्वजानिक भएको छ। घरेलु मैदानमा हुने खेलमा नेपालले ओमान, सिंगापुर र मेलिसियासँग खेल्ने छ। नेपालले आफ्ना सबै खेल टियू मैदानमा खेल्ने छ।

नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा पहिलो खेल सिंगापुरसँग १३ कार्तिकमा खेल्ने छ। प्रतियोगिता १३ देखी २० कार्तिक सम्म (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदै छ।

टियू मैदानमा ओमानसँगको खेलपछि नेपालले दोस्रो खेल कार्तिक १४ (अक्टोबर ३१) मा मलेसियासँग खेल्दा तेस्रो खेल १६ कार्तिकमा (नोभेम्बर २) मा ओमानसँग खेल्ने छ। समूहको शीर्ष दुई मा रहने टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्ने छन्। एउटा सेमिफाइनल टियु र अर्को मुलपानीमा हुने छ।

प्रतियोगिताको फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टियु क्रिकेट मैदानमा हुने छ। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउने छन्।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्। समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट छनोट भएर आउने एक टोली रहने छ। एसिया क्षेत्र छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन्। एसिया क्षेत्र ए आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदै छ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ५५ बजे