१७ माघ २०८२, शुक्रबार | January 30, 2026

एसियन गेम्सको तयारीका क्रममा क्रिकेटर राजवंशी घाइते, बिहीबार शल्यक्रिया गर्ने तयारी



काठमाडौं : अभ्यासका क्रममा नेपाली क्रिकेटर ललित राजवंशी घाइते भएका छन्। उनी चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा घाइते भएका क्यानले जनाएको छ।

राजवंशी घाइते भएपछि उनको आज शल्यक्रियाको तयारी गरिरहेको क्यानले पेजमा उल्लेख गरेको छ।

‘चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा  नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य ललित राजवंशी घाइते भएका छन्। घाइते भएर काँधको हड्डी(क्लोज्ड राइट क्याल्भिकल फ्याक्चर) भाँचिएकोले आज शल्यक्रिया गर्ने तयारी गरिएको छ।’, क्यानले फेसबुक पेजमा उल्लेख गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ११ : ४६ बजे