४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

महिला फुटबलमा नेपाल पहिलो पटक जापानसित खेल्दै



१९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ सवा ५ बजे शुरू हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो ।

यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो ।

जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। समूहमा जापान शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ११ : ०७ बजे