३ आश्विन २०८१, बिहिबार | September 19, 2024

व्यापारीसँग विवाहको तयारीमा कंगना



कंगनाले अर्को वर्ष २०२४ मा विवाह गर्न लागेको दाबी गरिएको छ ।

उनी एक व्यापारीसँग विवाह बन्धनमा बाँधिन लगेकी हुन्।

उक्त कुराको खुलासा अभिनेता कमल आर खान उर्फ ​​केआरकेले गरेका हुन् ।

केआरकेले अभिनेत्री कंगना डिसेम्बर २०२३ मा एक व्यापारीसँग इन्गेजमेन्ट गर्न लागेकी बताएका छन् ।

साथै दुवैले २०२४ मा विवाह गर्नेछन् ।

उनले कंगनालाई अग्रिम बधाई समेत दिएका छन् ।

केआरके प्रायः कुनै न कुनै बलिउड स्टार वा आफ्नो फिल्मको बारेमा ट्वीट गरिरहन्छन्।

उनी आफ्नो ट्वीटका कारण पटक पटक समस्यामा परेका छन् ।

कंगनाले बलिउडमा निकै राम्रो नाम कमाएकी छिन् भने १५ वर्षभन्दा लामो करियरमा धेरै फिल्ममा काम गरिसकेकी छिन् ।

विवाहको बिषयमा कंगनाले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १ : ३२ बजे