४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मंगोलियाविरूद्ध नेपाली खेलाडीले २६ छक्का र १४ चौका प्रहार गरे, दिए ३१४ को लक्ष्य



१९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिेकेटमा नेपालले मंगोलियालाई ३१५ रनको फराकिलो लक्ष्य दिएको छ।

हाङझाउ क्रिकेट ग्राउन्डमा टस जितेको मंगोलियाले पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेटको क्षतिमा ३१४ रन बनाएको हो।

मंगोलियाविरूद्ध नेपाली खेलाडीले छक्का र चौकाको वर्षा नै गरेका छन्। नेपाली खेलाडीले २६ छक्का र १४ चौका प्रहार गरे।

मंगोलियाविरूद्ध कुशल मल्ले शतक प्रहार गरे। उनले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गर्दं १३७ रन बनाए।

त्यस्तै कप्तान रोहित पौडेलले ६ छक्का र २ चौका प्रहार गर्दै ६१ रन बनाए। दिपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्का हान्दै ५२ रन बनाए।

ओपनर कुशल भुर्तेल र आशिफ शेखले भने बाउन्ड्री प्रहार गर्न सकेनन्। कुशल १९ र आशिफ १६ रन बनाउँदै आउट भएका थिए।

मंगोलियाका लुभासनजुन्दी इर्डेनबुल्गन, दाभासुरेन जमयनसुरेनले एकएक विकेट लिए। आइसिसीले सन् २०२१ मा मंगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको थियो।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ०९ बजे