४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

यु १९ साफ च्याम्पियनसिपको फाइनल आज



राजधानीमा जारी अण्डर नाइन्टीन साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै छन् ।

 

फाइनल खेल आज साँझ साढे ५ बजे सुरुहुने छ ।

फाइनल अघि हिजो रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरुले अनुभवका आधारमा राम्रो नजिता निकाल्ने दावी गरेका छन् ।

हरेक खेलमा टीमको फरक फरक रणनीति हुने र आवश्यक रणनीतिका आधारमा फाइनल खेल्ने दुवै टोलीको भनाइ छ ।

भारतीय कप्तान इशान सिशोदियाले उपाधि जित्ने लक्ष्यका साथ नेपाल आएको बताए । उता पाकिस्तानका कप्तान मोहम्मद सादमले उत्कृष्ट खेल खेलेर उपाधि जित्ने योजना रहेको सुनाए ।

पाकिस्तानले भुटानलाई र भारतले आयोजक राष्ट्र नेपाललाई पराजित गर्दै फाइनलको भेट पक्का गरेका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : २१ बजे