१७ मंसिर २०८२, मंगलबार | December 3, 2025

अष्ट्रेलियामा ह्वेल माछाले डुंगालाई ठक्कर दिएपछि



अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुंगालाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको ‘बोटनी बे’मा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी निष्प्राण भेटिएका जनाएका छन्। मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही पर अर्का एकजनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ५ : ४८ बजे