४ आश्विन २०८३, आइतबार | September 20, 2026

निगम सुधार समितिले दियो जहाज थप्न सुझाव



काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका गठित दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले जहाज थप गर्नुपर्ने सुझाव दिएको छ ।

आइतबार बुझाइएको प्रतिवेदनमा समितिले निगम वर्तमान समयमा पुँजी अभाव, ऋणको र जहाज अभावको चर्को दबाबमा रहेको बताएको छ ।“सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था भएकाले नेपाल सरकारले पुँजी थपेर आवश्यक मात्रामा जहाज थप्नुपर्ने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ, “यो प्रतिवेदनमा सिफारिस कार्यान्वयन हुँदा निगमलाई हवाई उड्ड्यन क्षेत्रमा एक हवाई उडान क्षेत्रको सशक्त संस्था हुनेमा विश्वास गर्न सकिन्छ ।”

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ०५ बजे