६ बैशाख २०८३, आइतबार | April 20, 2026

पशुपतिको जलहरीमा १ करोड १७ लाख दाबी गर्दै तीन जना विरुद्ध मुद्दा दायर



काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा घोटाला भएको भन्दै तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 

अख्तियारले उनीहरुसँग जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो असुल हुनुपर्ने मागदाबी गरेको छ। विशेष अदालतमा अख्तियारले यस्तो माग गर्दै मुद्दा दायर गरेको हो।

नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन र जलहरीमा प्रयोग भएको सुनका बीचमा १५ सय ६५ ग्राम कम देखिएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : २९ बजे