३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वनडेमा एकै खेलमा बन्यो ७५४ रन, विश्वकपमा सबैभन्दा बढी रनको कीर्तिमान



हैदरावाद– विश्वकप क्रिकेट २०२३ अन्तर्गत शनिवारको रोमाञ्चक खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई १०२ रनको विशाल अन्तरले पराजित गरेको छ ।

पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रीकाले कीर्तिमानी ४२८ रन बनाएको थियो, जसको जवाफमा श्रीलंकाले ३२६ रन बनायो । यसरी एकै दिन वनडे क्रिकेटमा कीर्तिमानी ७५४ रन बनेको छ ।

विभिन्न कीर्तिमान बनेको हिजोको खेलमा दक्षिण अफ्रीकाका एडेन मार्करामले केवल ४९ बलमा विश्वकप क्रिकेटको इतिहासको सबैभन्दा तिब गतिको शतक बनाए ।

दक्षिण अफ्रीकाकै क्विन्टन डिकक तथा रासी वान डेर डुसेनले पनि शतकीय इनिङ खेलेर श्रीलंकाविरुद्ध कीर्तिमानी लक्ष्य खडा गर्न सफल भए ।

शनिवारको खेलमा डिकक (८४ बलमा १००), डुसेन (११० बलमा १०८) तथा मार्कराम (५४ बलमा १०६) ले शतक प्रहार गरे । विश्वकप क्रिकेटमा ती तीनै जना खेलाडीको पहिलो शतक हो ।

यसबाट दक्षिण अफ्रीका पाँच विकेटको क्षतिमा ४२८ रन बनाएर विश्वकपमा सर्वाधिक रनको अस्ट्रेलियाको कीर्तिमानलाई भंग गर्न सफल रह्यो, जसले २०१५ मा पर्थमा अफगानिस्तानविरुद्ध छ विकेटमा ४१७ रन बनाएको थियो ।

यसको जवाफमा श्रीलंकाको टीमले ४४.५ ओभरमा ३२६ रन बनाएर अलआउट भयो । श्रीलंकाको तर्फबाट कुसल मेन्डिस (४२ बलमा ७६ रन), चरित्र असलंका (६५ बलमा ७९ रन) तथा कप्तान दानुस शनाका (६२ बलमा ६८ रन) ले अर्धशतक प्रहार गरे ।

दक्षिण अफ्रीकाको तर्फबाट जेराल्ड कोएट्जीले तीन विकेट लिए भने केसिगो रबाडा, मार्को यानसेन तथा केशव महाराजले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : १८ बजे