२ आश्विन २०८१, बुधबार | September 18, 2024

पाकिस्तानले रच्यो इतिहास, विश्वकपमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सफल



 

हैदराबाद– वनडे विश्वकपमा पाकिस्ता क्रिकेट टीमले इतिहार रच्न सफल भएको छ । पाकिस्तानको टीमले विश्वकपको आफ्नो सबैभन्दा ठूलो लक्ष्य पछ्याएको छ ।

विश्वकप २०२३ मा पाकिस्तानले मंगलवार आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध खेलेको थियो, जसमा ३४५ रनको लक्ष्य पछ्याउँदै ६ विकेटले खेल जित्न सफल भएको छ ।

 

यो खेलमा श्रीलंकाले ३४५ रनको लक्ष्य दिएको थियो । जसको जवाफमा पाकिस्तानले मोहम्मद रिजवान तथा अब्दुल्ला शफीकको शतकको सहयोगले ४८.१ ओभरमै खेल जित्न सफल भयो ।

यसअघि पाकिस्तानले विश्वकपमा न्यूजील्याण्डविरुद्ध अकल्याण्डमा २६४ रनको लक्ष्य पछ्याएको थियो । उक्त प्रतियोगिता १९९२ को विश्वकपमा भएको थियो । उक्त सीजनमा पाकिस्ताननै विश्वकपको विजेता बनेको थियो । पाकिस्तानले १९९२ तथा श्रीलंकाले १९९६ को विश्वकपको उपाधि जितेका थिए ।

मंगलवारको खेलको नतिजा नै विश्वकपमा यो सबैभन्दा ठूलो लक्ष्य पछ्याएको कीर्तिमान हो । विश्वकपमा यसअघि २०११ मा आयरल्याण्डले इङ्ल्याण्डविरुद्ध ३२८, २०१९ मा बंगलादेशले वेस्टइन्डीजविरुद्ध ३२२, २०१५ मा बंगलादेशले स्कटल्याण्डविरुद्ध ३१९ तथा १९९२ मा श्रीलंकाले जिम्बाव्वेविरुद्ध ३१३ रनको लक्ष्य पछ्याएका थिए ।

पहिलो पटक विश्वकपको एकै खेलमा चार शतक

३४५ रनको लक्ष्यको जवाफमा पाकिस्तानका लागि मोहम्मद रिजवानले १३१ तथा अब्दुल्ला शफीकले ११३ रनको उत्कृष्ट शतकीय इनिङ खेले । जबकि, श्रीलंकाका लागि दिलशान मदुशंकाले दुई विकेट लिए । यो खुलमा कुल ४ शतक बन्यो । रिजवान–शफीकबाहेक श्रीलंकाको तर्फबाट कुशल मेन्डिस (१२२) तथा सदीया समरविक्रम (१०८) ले पनि शतक बनाए । विश्वकपको एउटै खेलमा चार शतक बनेको यो पहिलो पटक हो ।

पहिला ब्याटिङ गर्दै श्रीलंकाले ९ विकेटको क्षतिमा ३४४ रन बनाएको थियो । टीमका लागि कुशल मेन्डिसले १२२ तथा सदीरा समरविक्रमाले १०८ रनको शतकीय इनिङ खेले । स्टार प्लेयर कुशल मेन्डिसले ६५ बलमै विष्फोटक शतक प्रहार गरे । त्यसक्रममा उनले चार छक्का तथा १३ चौका प्रहार गरे । कुशलले ७७ बलमा १२२ रन बनाए । सदीराले पनि ८९ बलमा १०८ रन बनाए । पथुम निसांकाले ५१ रन बनाए । पाकिस्तानका लागि हसन अलीले सबैभन्दा बढी चार विकेट लिए ।

पाकिस्तानलाई विश्वकपको इतिहासमा पहिलो पटक हराउने उद्देश्यले मैदानमा उत्रिएको श्रीलंकाको टीम यसपटक पनि निराश बन्यो । यी दुबै टीमबीच विश्वकपमा भएका खेलको मूल्यांकन गर्ने हो भने अहिलेसम्म सबै ८ खेलहरुमा श्रीलंका पराजित भएको छ । अर्थात, अहिलेसम्मको विश्वकपमा श्रीलंकाले कहिले पनि पाकिस्तानलाई पराजित गर्न सकेको छैन । यसपटक पनि श्रीलंकाको सपना अधुरो नै रह्यो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : ५१ बजे