८ मंसिर २०८१, शनिबार | November 24, 2024

एमालेले गरेका राम्रा कामका कारण अरु दल अतालिए : अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको बताएका छन् ।

बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताएका हुन् ।

यसअघिको एमाले सरकारले मुलुकको विकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । उनले हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको दाबी गरे ।

तराईमा सिँचाइको पहुँच पुर्‍याउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषालगायतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिँचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिँचाइको समस्या सदाका लागि अन्त्य गर्ने दाबी गरे । एमाले सरकारले नै रेल किनेर सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले २०८४ मा नेकपा एमालेको एकल बहुमत एकमात्र अभियान रहेको बताए । उनले सहमतीमा अधिवेशन सम्पन्न गरी एकताको उदाहरण प्रस्तुत गर्न र २०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न निर्देशन दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : ५८ बजे