१ आश्विन २०८१, मंगलबार | September 17, 2024

विश्वकप छनोट: लाओसविरुद्धको खेलमा नेपालका अञ्जनको कीर्तिमान



काठमाडौं– नेपालका अञ्जन विष्टको कीर्तिमानी गोलसँगै नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओस विरुद्ध १–१ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित तदशरथ रंगशालामा बिहिवार साँझ भएको खेलमा पहिलो हाफमा पछि पारेपछि नेपालले दोस्रो हाफको सुरुवातमा नै खेलमा बराबरी गरेको हो । नेपालका लागि अञ्जनले गोल गर्दा लाओसका लागि कप्तान बौन फाचन बौन कोङले गोल गरेका थिए । खेलको ४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेड मार्फत गोल गर्दै अञ्जनले नेपाललाई खेलमा फर्काएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : २६ बजे