२ आश्विन २०८१, बुधबार | September 18, 2024

पाल्पामा कार दुर्घटनामा परि ६ जनाको मृत्यु



पाल्पाको रानीमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानीमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का रहेका छन्। जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली नगरपालिका–१६ रजहरकी ५६ वर्षीया पार्वती लोहनी, ३५ वर्षीया सबिता धिताल, ११ वर्षीय सबिस लोहनी, अढाई वर्षीय ईसव लोहनी र ६५ वर्षीय कृष्णबहादुर लोहनी रहेका छन्। त्यस्तै, लमजुङको वेसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको पनि मृत्यु भएको छ।

नवलपरासीको देवचुली नगरपालिका–१६ रजहरका कार चालक ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन्। उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आइतबार तानसेन नगरपालिका–१३ स्थित बैकुण्ठेभीरबाट कार १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कार दुर्घटना भएको हो।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : ४३ बजे