३ असार २०८२, मंगलबार | June 17, 2025

टी-२० विश्वकप छनोट हुन नेपालले भोलि यूएईको सामना गर्ने



काठमाडौं : टी-२० विश्वकपमा छनोट हुने नेपालले यूएईको सामना गर्ने भएको छ।

काठमाडौंमा जारी विश्वकप एसिया क्षेत्र छनोटमा ओमानसँग ५ रनले पराजित भगसँगै सेमिफाइनलमा नेपालको भेट यूएईसँग हुने पक्का भएको हो।

मूलपानी क्रिकेट मैदानमा खेलाइने खेल शुक्रवार हुनेछ। नेपाल समूह ए को उप–विजेताका रूपमा समूह बी को विजेता यूएईसँग भिड्न लागेको हो।

यूएईसँगको खेलमा जितेमा नेपाल विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता हो।

बिहीबार बिहान भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नु अगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। खेल भोलि बिहान ११ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  २ : २३ बजे