३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज न्युजिल्यान्ड र श्रीलंका भिड्ने, पाकिस्तान र अफगानिस्तानको भविष्य दाउमा



काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलंकाबीच बैंगलोरमा महत्वपूर्ण खेल हुँदैछ ।

यो खेल यसकारण पनि विशेष छ किनकी यस खेलको नतिजाले सेमिफाइनल पुग्ने टोलीको भविष्य तय गर्न सक्छ ।

यस खेलमा पाकिस्तान र अफगानिस्तानको पनि नजर रहनेछ । तर यो खेलमा वर्षाको पनि सम्भावना रहेको छ ।

न्युजिल्याण्ड र पाकिस्तानबीचको महत्वपूर्ण खेल पनि वर्षाले अवरुद्ध भएको छ । र न्यूजिल्याण्डले ४०१ रन बनाएर पनि डकवर्थ लुइस नियमको आधारमा खेल हारेको थियो ।

सेमिफाइनलको दौडमा अहिले न्युजिल्याण्डबाहेक पाकिस्तान र अफगानिस्तानका टोली छन् ।

तीनै टोलीको आठ–आठ अंक छ र तीनै टोलीले एक–एक खेल खेल्नुपर्नेछ ।

भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियाका टिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

न्युजिल्यान्डले यो खेल जित्यो भने पाकिस्तान र अफगानिस्तानले आफ्नो अन्तिम खेल जित्ने मात्रै नभई नेट रन रेटमा पनि अग्रता लिनुपर्नेछ ।

पाकिस्तानको अन्तिम खेल इंग्ल्याण्ड र अफगानिस्तानको अन्तिम खेल दक्षिण अफ्रिकासँग हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १२ : ३१ बजे