३० भाद्र २०८१, आइतबार | September 15, 2024

सलमान खानलाई विश्वकपले डुबायो



मुम्बई– बलिउड अभिनेता सलमान खानको फिल्मले प्रायः राम्रो व्यवसाय गरिरहेका हुन्छन् । उनका जुन फिल्म बक्स अफिसमा फ्लप हुनबाट बचे, ती फिल्मले पनि औसत व्यवसाय गरेका छन् ।

यद्यपि, धेरै वर्षपछि पहिलो पटक सलमान खानको फिल्मले औसत व्यापारसमेत गर्न नसक्ने खतरा उत्पन्न भएको छ ।

सलमानको हालै रिलिज भएको फिल्म ‘टाइगर–३’ अघिल्लो आइतवार सिनेमा हलमा प्रदर्शन भएको थियो । फिल्मको भव्य शुरुवात भएता पनि बुधवारदेखि फिल्मको व्यापार घट्न थाल्यो ।

भारतमै जारी वनडे विश्वकपका सेमी फाइनल खेलहरुका कारण सिनेमा हलमा जम्मा हुने भिड कम भयो । जसकारण सलमानको फिल्मले ठूलो नोक्सानको सामना गर्नु पर्यो ।

यो वर्षका ठूला फिल्महरुमा ‘टाइगर–३’ त्यस्तो फिल्म बन्न पुग्यो, जसको व्यवसाय शनिवारको तुलनामा आइतवार घट्यो । गत शनिवार ‘टाइगर–३’ ले बक्स अफिसमा एक हप्ता पुरा गर्यो । ७ दिनमा फिल्मको नेट कलेक्शन २ सय २० करोड भारतीय रुपैयाँ
(भारतमा) पुगेको छ ।
तीन सय करोड भारुको बजेटमा निर्माण गरिएको यो फिल्मले विश्वव्यापी रुपमा भने ३ सय ७० करोड भारु आम्दानी गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ४ : ०३ बजे