७ जेष्ठ २०८२, मंगलबार | May 20, 2025

एसियन गेम्समा नेपालसँग खेलेको भारतीय टोलीले अस्ट्रेलियासँग पाँच खेलको टी-२० सिरिज खेल्ने



काठमाडौं : विश्वकपलगत्तै बिहीबारबाट सुरू हुने अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजका लागि भारतीय टोली घोषणा भएको छ।

यो सिरिजका लागि सूर्यकुमार यादवलाई टीमको कप्तान बनाइएको छ भने पहिलो तीन खेलका लागि ऋतुराज गायकवाडलाई उपकप्तान बनाइएको बीसीसीआईले जनाएको छ।

बीसीसीआई सचिव जय शाहले जारी गरेको विज्ञप्तिमा अन्तिम दुई टी-२० खेलमा भने श्रेयस अय्यरले टोलीको उपकप्तानको जिम्मेवारी सम्हाल्नेछन्

भर्खरै सम्पन्न एकदिवसीय विश्वकप खेलेका अधिकांश खेलाडीलाई यो सिरिजमा आराम दिइएको छ। सिरिजका अधिकांश खेलाडी एसियन गेम्समा नेपालसँग खेलेका छन्।

सिरिजको पहिलो खेल नोभेम्बर २३ मा विशाखापट्टनम, दोस्रो खेल २६ नोभेम्बरमा तिरुवनन्तपुरम, तेस्रो खेल २८ नोभेम्बरमा गुवाहाटी, चौथो खेल १ डिसेम्बरमा रायपुर र पाँचौं खेल ३ डिसेम्बरमा बैंगलोरमा हुनेछ।

यस्तो छ भारतीय टोली:
सूर्यकुमार यादव (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोइ, अर्शदीप सिंह, प्रशिद कृष्ण, आवेश खान र मुकेश कुमार।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ८ : ५२ बजे