६ आश्विन २०८१, आइतबार | September 22, 2024

एनएसएलमा आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोलीले यस सिजनमा आफ्नो दोस्रो खेल खेल्दैछन् । खेल काठमाडौंको दशरथ रंगशालामा साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ ।

काठमाडौंले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराएर विजयी सुरुवात गरिसकेको छ । रेजर्सलाई बालगोपाल महर्जनले प्रशिक्षण गराएका छन् ।

उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवन भने शनिबार भएको पहिलो खेलमा पोखरा थण्डर्ससँग १–० ले पराजित भयो ।

पहिलो खेल जित्दै ३ अंक जोडेको रेजर्स र चितवनबीच आज प्रतिस्पर्धा हुँदैछ ।

चितवनले अघिल्लो सिजनमा ६ खेल हारेको थियो । अहिलेसम्म चितवनले पहिलो र दोस्रो संस्करणमा गरी ७ खेल खेल्दा एकमा पनि जित आत्मसाथ गर्न सकेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १० : ०९ बजे