४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कांग्रेस युवा नेता कोइरालाको हृदयाघातबाट निधन



पोखरा । नेपाली कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको ४८ वर्षको उमेरमा निधन भएको छ ।

पोखरा-४ निवासी उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

हृदयाघातका कारण आज बिहान करिब ८ः२० बजे उनको निधन भएको पोखरा महानगरपालिका वडा नं. ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

बास्तोलाका अनुसार कोइराला सबैका प्रिय एवं मिलनसार व्यक्तित्व थिए ।

उनी परिवारका तीन दाजुभाइमध्ये माइला हुन् ।

उनको परिवारमा श्रीमती, एक छोरा, आमा, एक दाइ र एक भाइ छन् भने चार दिदीबहिनी छन् ।

उनको आजै अन्त्येष्टि गरिने तयारी भइरहेको बास्तोलाले जानकारी दिए ।

कोइरालाको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुःख व्यक्त गर्दै कांग्रेसका लागि अपूरणीय क्षति पुगेको जनाएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १२ : ३१ बजे