२ आश्विन २०८१, बुधबार | September 18, 2024

आईसीसी लिग- २ अन्तर्गत फागुनमा नेपालले नेदरल्याण्ड र नामिबियासँग खेल्ने



काठमाडौं- आईसीसी विश्वकप लिग- २ को पहिलो सिरिज अन्तर्गतका खेल  आगामी फेब्रुअरीमा नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले  फेब्रुअरीमा हुने खेल नेपालमा हुने जनाएको छ।

नेपालले आईसीसी विश्वकप लिग-२ को पहिलो सिरिज घरेलु मैदान आगामी फागुनमा खेल्ने निश्चित भएको छ। क्यानले नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच आगामी फागुन ५ (फेब्रुअरी १७) देखि खेल सुरु हुने जनाएको छ। नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ।

यस पटकदेखि नेदरल्यान्ड्सले पनि लिग- २ नै खेल्नेछ। नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो। तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग २ मा झारेको थियो

२०२७ सम्म चल्ने लिग-२ मा नेपाल, यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन्। खेल त्रिकोणात्मक सिरिजको रुपमा हुनेछ।

सन् २०२७ को विश्वकप देखि १४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। २०२७ को विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेले आयोजना गर्नेछन्। २०२७ को विश्वकप ढाँचामा लिग-२ का खेलहरु पनि निर्भर हुनेछन्।

यसअघि २०१९ देखि २०२३ सम्म चलेको लिग-२ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो। यसअघिको लिग-२ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए। यो लिग-२ पनि २०२७ को विश्वकप छनोटको चरण हो।

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ३३ बजे