२ आश्विन २०८१, बुधबार | September 18, 2024

विश्वव्यापी जलवायु परिवर्तनका असर न्युनिकरण गर्नुपर्नेमा विज्ञहरुको जोड



काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घ (यूएन) फ्रेमवर्क कन्भेन्सन टु कन्फ्रेन्स अफ द पार्टीज (कोप २८) को २८ औँ सत्र संयुक्त अरब इमिरेट्सको दुबईमा बिहीवार दिउँसो शुरु भएको छ ।



विश्वव्यापी जलवायु प्रतिक्रियालाई तिब्र रुपमा न्युनिकरण गर्नका लागि आह्वान गरेको छ । यस वर्षको जलवायु सम्मेलनले विश्वव्यापी ध्यानाकर्षण गराएको छ ।

जयो २०१५ पेरिस सम्झौताका लक्ष्यहरूतर्फ विश्वको सामूहिक प्रगतिको पहिलो दुई वर्षको मूल्याङ्कन हो ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टिलले जलवायु सम्मेलनमा विश्वमा जलवायु परिवर्तनका कारण बालबालिकाहरुमा परेको असरबारे छलफल भइरहेको बताए । विश्वले सामना गरिरहेका जटिल प्रभावहरू (जलवायु परिवर्तनको) लाई न्युनिकरण गर्न लचिलोपनको अभाव भएको बताए ।

नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्ने सम्मेलनमा सम्पूर्ण मानवजातिले सामना गरिरहेको जलवायु समस्याहरूको विश्वव्यापी समाधानको लागि काम गर्न विश्वभरका ७० भन्दा बढी प्रतिनिधिहरूलाई जम्मा भएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १२ : ५५ बजे