८ असार २०८३, सोमबार | June 22, 2026

सिनेमा
‘एनिमल’ले दई दिनमै गर्‍यो सय करोड पार



काठमाडौं– रणवीर कपूर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ले दई दिनमा १२४.७२ करोड कमाएको छ।

शुक्रबार ६३.८ करोडको ओपनिङ गरेको फिल्मले शनिबार ६०.९२ करोडको व्यापार गरेको छ। सन्दीप रेड्डी वांगा निर्देशित फिल्ममा रणवीर कपुर र रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन्।

‘एनिमल’का केही दृश्यहरु सामाजिक सञ्जालमा लगातार ट्रेन्डिङ भइरहेका छन्। रणबीर कपूर र बबी देओलको फाइट सिक्वेन्स सबैभन्दा बढी चर्चामा छन्।

यसबाहेक रणवीरको अभिनेत्री तृप्ती डुमरीसँगको इन्टिमेट सीन पनि चर्चामा छ। फिल्म एक साताभित्रै २०० करोड क्लबमा प्रवेश गर्ने अनुमान विज्ञहरूले गरेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : २९ बजे