३ आश्विन २०८१, बिहिबार | September 19, 2024

उत्तर प्रदेशको न्यून चापीय क्षेत्र र पश्चिमी वायुले मौसम बदली, केही ठाउँमा वर्षा



भारत उत्तर प्रदेशको न्युन चापीय क्षेत्र र पश्चिमी वायुको कारण नेपालको मौसम बदली भएको छ।


हाल देशमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार यतिबेला बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली छ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा अहिले छिटपुट देखि हल्का वर्षाको भइरहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपातसमेत भइरहेको महाशाखाले छ।

महाशाखाका अनुसार आज दिउँसो बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

त्यसैगरी लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली हुने छ।

कतिपय क्षेत्रमा वर्षा, हिमपातसँगै देशभरिको तापक्रम घटेर हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : २४ बजे