१४ माघ २०८२, मंगलबार | January 27, 2026

एनसेलको अभिव्यक्तिमा सांसदहरूको आपत्ति, वैदेशिक लगानीमा असर पर्ने



आजियटाको सीईओले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भनी दिएको अभिव्यक्तिमा सांसदहरुले आपत्ति जनाएका छन्।

संसद विराजभक्त श्रेष्ठले कुनै कम्पनीले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने प्रचार गर्नु गम्भीर रूपमा लिनुपर्ने बताएका हुन्।

गंगा कार्कीले एनसेलले नेपालमा विदेशी लगानी नभित्रिने गरी दिएको अभिव्यक्ति ठीक नभएको बताइन्। यसले नेपालप्रतिको धारणा नै नकारात्मक हुने उनको भनाइ छ।

कांग्रेस सांसद दीपक खड्काले कानुनी छिद्रताको प्रयोगगरी सेयर खरिदबिक्री गरेकाले कर्मचारीलाई मात्रै दोष लगाएर नहुने बताए।

नेपालको कानुन निरीह हुँदा अर्थतन्त्र माफियाको हातमा रहेको उनको भनाइ छ।
खड्काले पनि नेपालमा लगानीको वातावरण नभएको भन्ने आजियटाको भनाइप्रति आपत्ति जनाए।

सांसद स्वर्णिम वाग्लेले आजियटा ग्रुपकै सीईओलाई नै पत्र काट्नुपर्ने बताउँदै नेपालको लगानीको विषयमा अर्थ समितिमा बोलाउनुपर्ने बताए। सीईओ सुदले नेपालमा लगानीको वातावरण नभएको  र नेपालबाट बाहिरिनु सेयर सदस्यको हित भनेकाले लगानीको वातावरण खराब हुने बताए।

नेता, श्रीमती, नेताका छोरालाई सिंगापुर घुमाउने पात्रले सेयर खरिद गरेकाले समितिमा उभ्याउनुपर्ने उनले बताए। सेयर खरिदबिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने बुझिने उनले बताए। आजियटाका प्रबन्धनिर्देशक, नेपाली मूलका साझेदार, अर्थमन्त्री, लगानी बाेर्डका सीईओलगायतलाई समितिले डाक्नुपर्ने वाग्लेले बताए।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १ : १२ बजे