४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बुधबार नेप्सेमा झिनो सुधार



काठमाडौं । कारोबारको चौथो दिन आज नेप्सेमा झिनो सुधार देखिएको छ । आज नेप्से परिसूचक ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ विन्दुमा पुगेको छ ।

आज २९३ कम्पनीका ३४ हजार ९ सय ७१ पटकको कारोबारमा ३७ लाख ५५ हजार १ सय २४ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने १ अर्ब १४ करोड १८ लाख १२ हजार ३ सय ८२ रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३६ अंकले घटेर ३५० दशमलव ७० विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ४ : २२ बजे