६ आश्विन २०८१, आइतबार | September 22, 2024

एनएसएल : चितवनलाई तेस्रो स्थानमा उक्लने अवसर



नेपाल सुपर लिग एनएसएलमा आज पनि एक खेल हुने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपरान्ह ५ बजे हुने खेलमा एफसी चितवन र एफसी बुटवल आमने सामने हुने छन् ।

जारी प्रतियोगितामा चितवन पाँचौं र बुटवल सातौं स्थानमा रहेको छ । आजको खेलमा चितवन विजयी भए तेस्रो तथा बुटवल विजयी भए चौथो स्थानमा उक्लने छ ।

चितवनले अहिलेसम्म ३ खेल खेल्दा १ मा जित १ मा बराबरी र १ खेलमा हारको सामना गर्दै ४ अंक जोडेको छ भने बुटवलले ३ खेल खेल्दा १ मा जित र २ खेलमा पराजय भोग्दै ३ अंक मात्रै बनाएको छ ।

एनएसएलमा पोखरा थन्डर्स ८ अंकका साथ शीर्ष स्थानमा रहँदा धनगढी एफसी ७ अंकका साथ दोस्रो स्थानमा छ ।

यसैगरी ललितपुर सिटी ६ अंकका साथ चौथो स्थानमा रहँदा काठमाडौं रेजर्स ५ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : २६ बजे