५ जेष्ठ २०८२, आइतबार | May 18, 2025

ललितपुरमा गोली चल्यो, लागुऔषध कारोबारी नियन्त्रणमा



काठमाडौं-  प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ।

मंगलबार ललितपुरको झम्सीखेलमा लागुऔषध कारोबारी नियन्त्रणमा लिन गोली चलाउनु परेको हाे।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अविनाश राईलाई नियन्त्रणमा लिएको प्रवक्ता साेमेन्द्र सिंह राठाैरले जानकारी दिए।

उदयपुर घर भएका राईकाे खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

प्रहरीले राईको साथबाट पेस्तोलसहित लागुऔषधसमेत बरामद गरेकाे छ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : ४३ बजे