२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

आयल निगम प्रमुख थानीले दिए राजीनामा



काठमाडौं– नेपाल आयाल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीले राजीनामा दिएका छन्।

थानीले सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष राजीनामा बुझाएका हुन्।

‘थानीले मन्त्री ज्यूसमक्ष राजीनामा बुझाउनु भएको छ। स्वीकृत भएको छैन। आवश्यक निर्णय भोलि हुन्छ,’ मन्त्री रिजालको सचिवालयले नेपाल लाइभलाई बतायो। २०७८ फागुनमा निर्देशकमा नियुक्त भएका थानीले कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन्।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : ०४ बजे