६ आश्विन २०८१, आइतबार | September 22, 2024

इङल्याण्डविरुद्धको टी- २० सिरिजमा वेस्ट इण्डिजको लगातार दोस्रो जित



काठमाडौँ । वेस्ट इण्डिजले इङल्याण्डविरुद्धको टी- २० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा वेस्टइण्डिजले इङल्याण्डलाई १० रनले पराजित गरेको हो ।

वेस्ट इण्डिजले दिएको १७७ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन मात्र बनाएपछि खेल १० रनले हारेको हो ।

यस अघि वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । यो जितपछि वेस्ट इण्डिजले ५ खेलको सिरिजमा २-० ले अगाडी भएको छ ।

अब सिरिजको तेस्रो खेल शनिबार राती हुने छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : १२ बजे