३० भाद्र २०८१, आइतबार | September 16, 2024

उडेको चराको दिसा शरीरमा पर्नु शुभ कि अशुभ?



काठमाडौं– हामी कुनै कारणवश वा काममा बाहिर निस्किने बेलामा संयोगवश शरीरमा पंक्षीहरुको दिसा पर्याे भने त्यसलाई अशुभ भन्ने गरिन्छ । 

यसको कारण के होला त धेरैलाई यसको बारेमा थाहा नभई पनि यसलाई अशुभ ठानेर डराउने पनि धेरै देखिन्छ । 

शरीरमा त्यसमा पनि टाउकोमा चराको दिसा पर्नुलाई  निकै नै अशुभ मानिन्छ । त्यसरी शरीरमा पंक्षीको दिसा परेको बेला  रिस पनि उठ्छ । 

ज्योतिषशास्त्रअनुसार यसरी उडिरहेको चराले मानिसको जिउमा दिशा गर्नुलाई शुभ मानिएको छ ।

ज्योतिषशास्त्र संयोगवश चरा चुरुंगीले शरीरमा बिस्ट्याउदा धन लाभ हुने सङ्केत गर्छ । उक्त दिन शुभ समाचार आउने र लामो समय देखि रोकिएर बसेका कामहरू पुरा हुने सङ्केत गरेको भन्ने उल्लेख गरिएको छ ।  

चरा आफू गएको दिशातिर जान्छ वा दाहिने दिशातर्फ नगई उल्टो वा देब्रे तर्फ गएको देख्नु भयो भने यात्रा गर्न नहुने तथा अशुभमानिने शास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ४६ बजे