५ आश्विन २०८१, शनिबार | September 21, 2024

यू–१९ एसिया कप क्रिकेट फाइनलः बंगलादेश र यूएई मैदानमा



काठमाडौँ । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधिका लागि अहिले आयोजक र बंगलादेश भिडिरहेका छन् ।

दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

शुक्रबार भएका सेमिफाइनलमा यूएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

यूएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो भने बंगलादेशले भारतलाई ४ विकेटले परजित गरेको थियो ।

दुवै टिम अप्रत्याशित रुपले फाइनलमा पुगेका हुन् । ८ देशले भाग लिएको प्रतियोगिताको समूह एमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका थिए ।

अर्को समूह बंगलादेश, श्रीलंका, यूएई र जापान रहेका थिए । नेपालको समूहबाट भारत र पाकिस्तान तथा दोस्रो समूहबाट बंगलादेश र यूएई सेमिफाइनलमा पुगेका थिए ।

नेपालले समूह चरणका सबै तीन खेल हारेको थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ०८ बजे