६ आश्विन २०८१, आइतबार | September 22, 2024

अब एउटै ओभरमा दुई बाउन्सर फाल्न पाउने



काठमाडौं– आईपीएल–२०२४ बाट क्रिकेटमा एउटा ठूलो नियम लागू हुने भएको छ । यो नियम लागू भएसँगै बलरलाई फाइदा हुने र ब्याट्सम्यानका लागि खतरनाक सावित हुन सक्नेछ ।

अब एकै ओभरमा दुई बाउन्सरको नियम आईपीएल–२०२४ बाट लागू हुने सम्भावना बढेको छ । यसको अथै बलरहरूले अब एउटै ओभरमा दुई वटा बाउन्सर बलिङ गर्न सक्नेछन्, जसले उनीहरूलाई धेरै सुविधा दिनेछ ।

अहिलेसम्म बलरले एक ओभरमा एउटा बाउन्सर मात्र बलिङ गर्ने नियम थियो । यदि बलरले एक ओभरमा एक भन्दा बढी बाउन्सर बल गरेमा बल ‘नो बल’ हुने नियम छ ।

यो नियम खारेज गरी दुई वटा बाउन्सर फाल्न दिनु पर्ने लामो समयदेखि माग थियो । अब यो आइपिएलको आगामी सिजनबाट हुने भएको छ ।

यो नियम सैयद मुश्ताक अली टी–२० प्रतियोगितामा प्रयोग भएको थियो र त्यहाँ सफल भएपछि अब आईपीएलमा पनि यो नियम लागू हुनेछ ।

बलरका लागि यो निकै राम्रो खबर हो तर ब्याट्सम्यानको समस्या पक्कै बढ्ने छ । तर, यी नियम लागू भएपछि बल र ब्याटरबीचको द्वन्द झनै बढ्ने छ ।

आईपीएल २०२४ को आगामी मार्च २२ देखि प्रारम्भ भएर मे महिनाको अन्तिम हप्तासम्म चल्ने अपेक्षा गरिएको छ । तर, अर्को वर्ष भारतमा हुन लागेको निर्वाचनलाई ध्यानमा राखी अन्तिम खेल तालिका तय गरिने छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : ०० बजे