४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बढ्यो सुनको मुल्य



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो । मंगलबार छापावाला र तेजाबी सुनमा समान २ सय रुपैयाँ बढेको हो ।

यस्तै, आज चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेको छ । सोमबार स्थिर रहेको चाँदीमा आज ५ रुपैयाँ घटेर प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएको महासंले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ११ : ५२ बजे