४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

काँचो केरामा पनि हुन्छ धेरै पोषक तत्व



एजेन्सी । काँचो केरामा पोटाशियम, भिटामिन सी र भिटामिन बी ६ जस्ता पोषक तत्व हुन्छन् । काँचो केरामा भरपूर मात्रामा फाइबर पाइन्छ ।

त्यसैले यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई नियमित सेवन गरेर तपाईं विभिन्न रोगबाट बच्न सक्नुहुन्छ ।

तौल कम गर्नका लागि काँचो केरा खानु राम्रो विकल्प हो । किनकी यसमा हुने फाइबरले पेटलाई लामो समय भरिएको महसुस गराउनेछ जसले गर्दा तपाईंलाई तुरुन्तै अन्य केही खानेकुरा खान मन लाग्दैन ।

काँचो केराले पाचन प्रणाली पनि सुधार्छ । यस्तै मधुमेहका बिरामीका लागि पनि काँचो केरा फाइदाजनक हुन्छ ।

शरीरका लागि भिटामिन बी ६ को मात्रा पनि एकदमै जरुरी हुन्छ । त्यसैले यसको सेवन गर्नु फाइदाजनक हुन्छ । यसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।

त्यस्तै यसमा पोटाशियमको मात्रा पनि हुने भएकाले मांसपेशीलाई सक्रिय गराउँछ । जसले गर्दा शरीरमा ऊर्जा बढ्छ ।

यसलाई विभिन्न तरिकाले खान सकिन्छ । काँचो केरालाई सलादको रुपमा वा उसिनेर अचार बनाएर खान सकिन्छ ।

त्यसरी नै यसमा अन्य तरकारी मिसाएर पनि खान सकिन्छ भने बच्चालाई यसको चिप्स बनाएर खुवाउन सकिन्छ ।

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  २ : १० बजे