३१ भाद्र २०८१, सोमबार | September 16, 2024

टोनी डी जोर्जीको शतकमा भारतविरुद्ध दक्षिण अफ्रीकाको जीत



जोहानसबर्ग– दक्षिण अफ्रीकाविरुद्धको दोस्रो वनडे इन्टरनेशनल प्रतिस्पर्धामा भारतीय टीम ८ विकेटले पराजित भएको छ । मंगलवार राति गक्बेरहाको सेन्ट जर्ज पार्कमा खेलिएको यो खेलमा दक्षिण अफ्रीका विजयी हुँदै तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । अब तेस्रो तथा निर्णायक प्रतिस्पर्धा भोलि बिहीवार पार्लमा खेलिँदैछ ।

मंगलवारको खेलमा दक्षिण अफ्रीकाका कप्तान एडेन मार्करमले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि भारतीय टीमले २१२ रनको लक्ष्य प्रस्तुत गर्यो ।

यो सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको दक्षिण अफ्रीकाको टोलीले दुई विकेट गुमाएर ४२.३ ओभरमै यो खेल जित्न सफल भयो ।
अफ्रीकी इनिङमा टोनी डी जोर्जीले १२२ बलमा ११९ रनको अविजित शतकीय इनिङ खेले । आफ्नो यो इनिङमा टोनीले ६ छक्का तथा ९ चौका प्रहार गरेका थिए । यो उनको वनडे करियरको पहिलो शतक हो । उनी बाहेक रीजा हेन्ड्रिक्सले ८१ बलमा ५२ रन बनाए ।
भारतको तर्फबाट कुनै पनि बलरले अफ्रीकी ब्याट्सम्यानमाथि दवाव बनाउन सकेनन् । अर्शदीप सिंह तथा रिंकू सिंहले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्दै भारतीय टीम ४६.२ ओभरमा २११ रनमै समेटियो । टीमका लागि साई सुदर्शनले ८३ बलमा सबैभन्दा बढी ६२ रन बनाए भने कप्तान केएल राहुलले ५६ रन बनाए । उनी बाहेक कुनै पनि ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन सकेनन् ।

दक्षिण अफ्रीकाका लागि तिब्र गतिका बलर नान्द्रे बर्गरले सबैभन्दा बढी तीन विकेट लिए । ब्यूरन हेन्ड्रिक्स तथा केशव महाराजले समान दुई विकेट लिए । लिजाड विलियम तथा एडेन मार्करमले समान एक विकेट लिए ।

मंगलवारको खेलमा भारतका साई सुर्दशनले इतिहास रच्न सफल भए । उनले ८३ बलमा ५२ रन बनाएर ऐतिहासिक कीर्तिमान कायम गरे । सुदर्शनले डेब्यूपछि लगातार दुई वनडेमा अर्धशतक बनाउने दोस्रो भारतीय खेलाडी बने । यसअघि यो कीर्तिमान नवजोत सिंह सिद्धू (७३ तथा ७५ रन) को नाममा थियो । यसअघि सुदर्शनले अविजित ५५ रन बनाएका थिए ।

टी२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन भरेपछि रिंकू सिंहले यो खेलमा वनडे इन्टरनेशनलमा पनि डेब्यू गरे । उनलाई स्टार स्पिनर कुलदीप यादवले डेब्यू क्याप लगाइदिएका थिए

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : १२ बजे