६ आश्विन २०८१, आइतबार | September 22, 2024

एनएसएल : चितवनको सान्त्वना जित, प्लेअफमा पुग्न झापालाई चुनौती



काठमाडौं। नेपाल सुपर लग (एनएसएल) फुटबलमा  एफसी चितवनले झापा एफसीलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा चितवनले झापालाई २-० गोलअन्तरले पराजित गरेको हो।

यससँगै सान्त्वना जित हासिल गरेको चितवनको यात्रा लिग चरणमा नै रोकिएको छ। आठौँ खेलमा सान्त्वना जित हासिल गरेको चितवन पाँचौँ स्थानमा उक्लिएको छ। ८ खेलबाट १० अंक जोडेको झापा भने चौथो स्थानमा छ

चितवनको लागि रफिक अमिनुले गोल गरे। खेलको ७ औँ मिनेटमा अमिनुले गोल गर्दै चितवनलाई अग्रता दिलाए। ७७ औँ मिनेटमा रफिकले चितवनको लागि दोस्रो गोल गरे। खेलको ८१ औँ मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्न चुकेसँगै झापाले गोल गर्ने अवसर गुमायो।

यस्तै, आजै भएको खेलमा पोखरा थन्डर्स र धनगढी एफसी बीचको खेल १–१ गोलको बराबरीमा सकियो। धनगढीको लागि मिलन राईले गोल गरे। पोखराको लागि मोसे ग्याबाहले गोल फर्काए। खेलको ४२ औँ मिनेटमा मिलनले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। इन्ज्यूरी समयमा पोखराको लागि मोसेले गोल फर्काएसँगै खेल १–१ को बराबरीमा सकियो।

८ खेलबाट १५ अंक जोडेको पोखरा शीर्ष स्थानमा छ भने ८ खेलबाट १३ अंक जोडेको धनगढी दोस्रो स्थानमा झरेको छ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : ४७ बजे