५ असार २०८३, शुक्रबार | June 19, 2026

इभर्टनमाथि म्यानचेस्टर सिटीको सानदार जित



काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। नेपाली समयानुसार बुधबार राति भएको खेलमा सिटीले इभर्टनमाथि ३–१ गोल अन्तरको जित निकाल्यो।

खेलको सुरुवाती अग्रता इभर्टनले लिए पनि जोगाउन सकेन। २९ औं मिनेटमा हरिसनको गोलबाट इभर्टनले अग्रता लिएको थियो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सिटीले जित निकाल्यो।

५३औं मिनेटमा बर्नाडो सिल्भाको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए।

६४ औं मिनेटमा पेनाल्टीमार्फत् अल्भारेजले गोल गरेपछि सिटीले २–१ को अग्रता बनायो। ६४औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले ३–१ को जित निकाल्यो।

जितसँगै १८ खेलबाट ३७ अंकका साथ सिटी चौथो स्थानमा उक्लिएको छ। प्रिमियर लिगकै अर्को खेलमा वुल्भ्सले ब्रेनफोर्डलाई ४–१ गोल अन्तरले हरायो।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ११ : ४६ बजे