काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ ।
विहिबार दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
ललितपुर सिटी एफसीका लागि अतिरिक्त समयको ९९औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा पोखरा र ललितपुर १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको ४५औ मिनेटमा ललितपुरका इमोह इजेकिएलले गोल गर्दै शुरुवाती अग्रता दिएपनि खेलको ७१औं मिनेटमा पोखराका स्टेफेन कोजोले बराबरी गोल गरेका थिए । यस खेलमा खेलको ३४औं मिनेटमा ललितपुरका निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समित भएको थियो ।
अब फाइनलमा ललितपुर सिटीले धनगढी एफसीको सामना गर्ने छ । फाइनल खेल शनिबार हुने छ ।
प्रतिक्रिया