६ आश्विन २०८१, आइतबार | September 22, 2024

एम्बाप्पेलाई पछि पार्दै रोनाल्डो बने सन् २०२३ को सर्वाधिक गोलकर्ता



पोर्चुगल तथा साउदी क्लब अल-नासरका कप्तान क्रिष्टियानो रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी केलियन एम्बाप्पेलाई पछि पार्दै रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका हुन् ।

शनिबार राति भएको साउदी प्रो लिगअन्तर्गत अल-तावुनविरुद्ध खेलमा एक गोल गरेसँगै ३८ वर्षीय रोनाल्डोले सन् २०२३ मा आफ्नो गोल संख्या ५४ पुर्‍याएका हुन् । रोनाल्डोले वर्षको ५४ औँ गोल गरेको खेलमा अल नासरले अल-तावुन ४-१ गोलअन्तरले पराजित गरेको थियो ।

रोनाल्डो यसअघि सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि वर्षको सर्वाधिक गोलकर्ता बनेका थिए । रोनाल्डोपछि सर्वाधिक गोलकर्ताको सूचीमा पीएसजीका स्टार खेलाडी एम्बाप्पे र इंग्ल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका ह्यारी केन छन् । एम्बाप्पे र केनले समान ५२-५२ गोल गरेका छन् ।

सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा भने म्यानचेस्टर सिटीका स्टार खेलाडी एर्लिङ हालान्ड छन् । हालान्डले सन् २०२३ मा ५० गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागसँगको टसलपछि सन् २०२२ को  कतार विश्वकप पछि रोनाल्डो साउदी क्लब अल नासर पुगेका हुन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ३७ बजे