३० भाद्र २०८१, आइतबार | September 15, 2024

पुरुषको टी-ट्वान्टी वरीयतामा नेपालका एक खेलाडीमात्र



काठमाडौँ- आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतमा पुरुषतर्फ नेपालका एक खेलाडीमात्र रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालका कप्तान रोहित पौडेलमात्र शीर्ष एक सय भित्र रहेका छन् ।

टी-ट्वान्टी ब्याटिङतर्फको वरीयतामा रोहित ९१ औँ स्थानमा रहेका छन् । उनी एक स्थान तल झरेका हुन् । ​

व्याटिङतर्फ रोहित एक्लै रहेपनि बलिङ तथा अलराउन्डरतर्फ कुनै पनि नेपाली शीर्ष एक सय भित्र अटाएका छैनन् ।

ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा छन् भने इंग्ल्यान्डका फिल साल्ट दोस्रो तथा पाकिस्तानका मोहम्मद रिजवान तेस्रो स्थानमा छन् ।

बलिङतर्फ इंग्ल्यान्डका आदिल रशिद, भारतका रवि बिश्नोई र वेस्ट इन्डिजका अकिल होसेन शीर्ष तीनमा रहेका छन् ।

टी-ट्वान्टीको टिम वरीयतातर्फ भने नेपाल १६ औँ स्थानमा छ । भारत, इंग्ल्यान्ड र न्युजिल्यान्ड भने क्रमशः शीर्ष तीनमा छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ४० बजे