६ आश्विन २०८१, आइतबार | September 22, 2024

विवाह गर्दै रश्मिका मन्दना, कोसँग गर्दैछिन् बिहे ?



दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना विवाह बन्धनमा बाँधिदैछिन् । उनले अभिनेता विजय देवरकोन्डासँग बिहे गर्न लागेकी भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।

रश्मिका र विजय बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । दुवैले एक अर्कासँग मगनी गरेको खबर पनि अहिले निकै चलिरहेको छ ।

यी दुवै गीता गोनिन्दम फिल्मको सुटिङको बेलामा एकअर्काको नजिक आएका थिए । यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए । यो फिल्मले दर्शकको मन खासै जित्न सकेन । लामो समयदेखि यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको थियो ।

रश्मिका हरेक चाडपर्वमा विजयको घर जाने गरेको हल्ला पनि चलिरहेको छ । केही समयअघि दुवै मल्दिभ्समा छुट्टी मनाउन गएको खबर पनि आएको थियो ।

समाचारअनुसार फेब्रुअरीको दोस्रो हप्तामा दुवैले मगनी गर्दैछन् । विजय हालै मात्र सामन्था रुथ प्रभुको साथमा खुसी फिल्ममा देखिएका थिए ।

रश्मिका अहिले पुष्पा २ को सुटिङमा व्यस्त छिन् । यसबाहेक उनी रेम्बो नामक तेलुगु फिल्मको पनि हिस्सा बनेकी छिन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ५७ बजे