भरतपुर–११, विशालचोकस्थित युनाइटेड टेक्निकल कलेज विधार्थीद्वारा रत्ननगर-११ स्थित चेपाङ्ग संरक्षण केन्द्रलाई खाधान्न सहयोग गरिएको छ।
युनाइटेड टेक्निकल कलेजका प्रिन्सिपल प्रा डा केशव दत्त अवस्थी, शिक्षक भुवन चलाउने, गणेश बसौला, ई रन्जन न्यौपाने र भु.पु. विधार्थी साहिर श्रेष्ठ लगायत युटेक कलेजमा अध्ययनरत विधार्थीहरुको उपस्थितिमा एक हप्तालाई पुग्ने खाद्य सामाग्री केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा चामल, दाल, नुन, तेल, आलुलगायतका खाद्य सामग्रीहरु वितरण गरिएको थियो।
कार्यक्रममा कलेजको प्रिन्सिपल प्रा डा केशव दत्त अवस्थीले भविष्यमा चेपाङ्ग विधार्थीहरुलाई प्राविधिक इन्जिनियरिंग शिक्षा पढ्न इच्छुक भएमा कलेजले हर तवरले साथ सहयोग गर्ने वाचा समेत गर्नुभएको थियो साथै चेपाङ्ग विधार्थीहरु आफ्नो उज्जवल भविष्यको लागि प्राविधिक शिक्षा नै रोज्न पर्ने समेत बताउनु भएको छ।
हाल उक्त चेपाङ्ग संरक्षण केन्द्रमा १३२ जना विधार्थी रहदै आएका छन् |



प्रतिक्रिया