६ आश्विन २०८१, आइतबार | September 22, 2024

वार्मअप खेलमा नेपाल यू-१९ को स्कटल्याण्ड यू-१९ विरुद्ध शानदार जित



काठमाडौं । आइसिसी यू-१९ विश्वकप अघिको पहिलो औपचारिक वार्मअप  खेलमा स्कटल्यान्डमाथि नेपालले शानदार जित निकालेको छ ।

दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ११४ रनमै समेटिएको थियो । नेपालले यसअघि भएको अनौपचारिक खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले पराजित गरेको थियो ।

नेपालले दोस्रो औपचारिक वेस्ट इन्डिजसँग मङ्गलवार खेल्नेछ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : २० बजे