६ आश्विन २०८१, आइतबार | September 22, 2024

म्याग्दीमा रुखले किचेर एक महिलाको मृत्यु



म्याग्दी । रघुगङ्गा गाउँपालिकामा मंगलबार रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ । फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न गएकी थिइन् ।

नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारी बाटोमा मानिस हेर्न बसेका थिए  । भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ३९ बजे