काठमाडौं। यू–१९ साफ महिला फुटबल प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ।
बंगलादेशको ढाकामा मंगलबार भएको खेलमा भारतसँग ४–० गोलले पराजित हुँदै नेपाल समूहचरणमा नै रोकिएको हो।
नेपाललाई पराजित गर्दै ३ अंक जोडेको भारत शीर्ष स्थानमा उक्लिएको छ। ६ अंक भएको बंगालदेश भने दोस्रो स्थानमा झरेको छ।
पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने लय गुमाएको थियो । दोस्रो हाफमा नेपालले ४ गोल खायो।
राउण्ड रोबिनको आधारमा खेलाइने सो प्रतियोगिताको फाइनल माघ २५ गते हुनेछ। उपाधिका लागि भारत र बंगलादेशबीच खेल हुनेछ ।
प्रतिक्रिया