६ आश्विन २०८१, आइतबार | September 22, 2024

यू–२३ फूटबल चिनियाँ टोलीमाथि नेपालको फराकिलो जीत



मैत्रीपूर्ण फूटबल खेलमा चिनियाँ टोलीमाथि नेपाली राष्ट्रिय यू–२३ टोलीले फराकिलो जीत निकालेको छ ।

काठमाडौंको दशरथ रंगशालामा शनिवार भएको खेलमा घरेलु टोली नेपालले चीनको प्रान्तीय यू–२३ टोली छिङ हाई युसमाथि ५–१ गोल अन्तरको फराकिलो जीत निकालेको हो ।

नेपाली टोलीका लागि समीर तामाङले २ गोल गरे ।

यस्तै सञ्जीव विष्ट, छिरिङ लामा र नीराजन धामीले पनि १–१ गोल थपेका हुन् ।

चीनका तर्फबाट झाक्सी पेङगुकोले सान्त्वना गोल फर्काए ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा यो मैत्रीपूर्ण खेल भएको हो । चीनको कुनै पनि फूटबल टोली २९ वर्षपछि पहिलोपटक नेपाल आएर खेलेको हो ।

नेपालको युवा टोलीमा ५ जना सिनियर टोलीका खेलाडी समावेश थिए ।

जसमा कप्तान मनीष डाँगी, आयुष घलान, लकेन लिम्बू, उत्सव राई र सञ्जीव विष्ट छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : २५ बजे