४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आईसीसी विश्वकप छनोट: सातौं स्थानका लागि आयरल्यान्डको सामना गर्दै नेपाल



आईसीसी क्रिकेट विश्वकप छनोटको सातौं स्थानका लागि नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसामू चुनौती प्रस्तुत गर्दै छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयरल्यान्डसँग नेपालको यो पहिलो भेट हो ।

नेपाल र आयरल्यान्डको खेल आज दिउसो १२ः४५ बजे जिम्बावेको हरारेस्थित ताकसिंगा स्पोर्ट क्लबको मैदानमा हुनेछ।

पछिल्ला पाँच एकदिवसीय खेलमा नेपालले दुई खेल जितेको छ भने तीन खेल हारेको छ। आयरल्यान्डको अवस्था पनि नेपालकै जस्तो छ। पछिल्ला पाँच एकदिवसीय खेलमा दुई खेल जितेको छ भने तीन खेल हारेको छ। नेपालले आयरल्यान्डविरुद्ध जित निकाल्न सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : २६ बजे